यस श्री कालिका माध्यमिक विद्यालयको स्थापना कालका संस्थापक वि.व्य.स. अध्यक्ष श्री दिर्ग बहादुर खत्री तात्कालिन पञ्चायतकालीन प्रथम प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँको स्थायी ठेगाना सिस्नेरी गाउँ पञ्चायत वडा नं. ४ रहेको थियो । जुन समय वि.सं. २०१७ सालको परिवर्तन पश्चात् देशमा पञ्चायती व्यवस्था लागु भयो । पञ्चायती व्यवस्था लागू भएपछि वि.सं. २०१८ सालको प्रथम गाउँ पञ्चायतको निर्वाचनमा स्व. विद्यालयका संस्थापक दिर्ग बहादुर खत्री निर्विरोध प्रधानपञ्च हुनु भएपछि एक गाउँ पञ्चायत एक स्कूलको अवधारणा भएअनुसार यस श्री कालिका प्रा.वि. सिस्नेरी भन्न्याइबा हाल श्री कालिका मा.वि. सुनकोशी-३, सिस्नेरी, ओखलढुङ्गा रहेको छ ।