यस श्री कालिका माध्यमिक विद्यालय, सिस्नेरी भन्ज्याङका प्रथम संस्थापक प्रधानाध्यापक श्री चिरञ्जीवि बराल माथपुर गाउँ पञ्चायत निवासी तारानाथ बरालका छोरा हुनुहुन्छ । उहाँ अहिले पनि वु.न.पा. १२, कपन, काठमाडौंमा धार्मिक कार्यमा सरिक रहनु भएको छ ।