Hero background

Message From Chairman

नबराज खड्का

हाम्रो यस कालिका मा.वि. सुनकोशी–३, सिस्नेरीको औपचारिक रुपमा स्थापना वि.सं. २०१८/१२/२३ गते भएको हो । यस विद्यालय स्थापना कालदेखि विभिन्न उत्तरचढाव पार गर्दै हालको अवस्थामा आइपुगेको हो । यस विद्यालय स्थापना पश्चात् वि.सं. २०४८ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा सहभागी भएको थियो । यस बीचमा विद्यालयले धेरै नेतृत्व पाएर धेरै विद्यार्थी उत्पादन गर्‍यो । अहिले यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत आपफ्लूाई अब्बल सावित गरिरहनु भएको छ । यो विषय भनेको कालिका मा.वि. का लागि खुसी र गौरवको विषय हो । यससँगै म यसै विद्यालयबाट एस.एल.सी र कक्षा १२ अध्ययन गरेको विद्यार्थी हुँ । यसै सेरोपफ्रोेमा सामाजिक र राजनीतिक भूमिकामा रहदैँ गर्दा पहिलो पटक म मिति २०७३/०६/११ मा वि.व्य.स. मा निर्वाचित भएको हो । त्यो समयमा म निर्वाचित भएर आउदा विद्यालयमा धेरै विषयहरु सुधार गर्नु पर्ने थियो । सुधार गर्न धेरै मेहनत गर्नु पर्‍यो । शिक्षक विद्यार्थीलाई नियमित गराउने, विद्यार्थीलाई अनुशासनमा राख्ने, शिक्षक विद्यार्थीको आत्मबल बढाउने र ३/४ वर्षसम्मको सामाजिक लेखा परीक्षण र अडिट गराउने, पहिलो पटक विद्यालयमा जिल्लाकै नमुनास्वरुप इ–हाजिरी लागू गर्ने, प्रोजेक्टर राख्ने, अपिफ्समा सिसिटिभी क्यामेरा जडान गर्ने, माध्यमिक तहमा विज्ञान दरबन्दी सिर्जना गरी शिक्षक नियुक्त गर्ने, प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ सञ्चालन गर्ने, पठनपाठन र नतिजा प्रबोधिकरणमा चुस्त बनाउने, भुकम्प प्रभावित जिल्ला भएतापनि हाम्रो विद्यालयमा जग्गाको अभावका कारण एडिबीले भवन नबनाउने जोखिम थियो हाम्रो सचेत पहलमा शिक्षा मन्त्री र नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), रातोपुलमा पटकपटक गएर पहल गरिसकेपछि विद्यालय भवन निर्माणको लागि डिटेल सर्भे भई म अध्यक्ष भएको समयमा नै सम्भफैता भई ठेक्का लागेको हो । मेरो पहिलो कार्यकाल उत्तरचढावपूर्ण नै रह्यो । नकारात्मकतालाई चिर्दै तीन वर्षे पहिलो कार्यकाल अभिभावक र विद्यार्थीको मनमनमा बस्न कालिका मा.वि. सपफ्ल भयो र व्यवस्थापन समितिले आपफ््नो ३ वर्षे कार्यकाल गौरवपूर्ण इतिहास बनाउन सपफ्ल भयो भने दोस्रो कार्यकालका लागि मिति २०७९/१०/२७ मा निर्वाचित भएपश्चात् मेरो र समितिको ध्यान ब्म्द्य ले निर्माण गर्ने भवनलाई गुणस्तरीय बनाउनेमा रह्यो । यसमा विभिन्न कमजोरी रहेकोमा ठेक्का सम्भफैतामा नभएको भवन पछाडिको भागमा वाल बनाउन धेरै पहल गरियो । कार्यान्वयन इकाई, काठमाडौंदेखि शिक्षा विकास तथा समन्वय इकाई, ओखलढुंगासम्म निरन्तर पहल गरी कम्तीमा २० लाख बराबरको वाल स्वीकृत गराउन सपफ्ल भइयो भने वरिपरि बजारले घेरिएको विद्यालयमा पुरानो गा.वि.स. भवन भत्काएर सम्याउन र घेराबारको वाल निर्माण गर्न कठिन अवस्था सिर्जना भयो । यसका बाबजुद पनि निकै संघर्षका साथ समिति, शिक्षक, कर्मचारीको साथ र सहयोगमा सम्पन्न गरियो । विद्यालयमा अनुशासन निर्माण, पठनपाठनमा प्रविधि, प्रत्येक कक्षामा नेटवर्किङ, सिसि क्यामेरा जडान, प्रत्येक कक्षामा स्पिकर जडान, स्मार्ट बोर्ड जडान, पुस्तकालय व्यवस्थापन, ग्राउण्डमा ब्लक राख्ने, वन कार्यालयको सहयोगमा वृक्षारोपण, पि.टी. प्रशिक्षण, विद्यार्थी, अभिभावक, शिक्षक, वि.व्य.स. मोटिभेसन, हस्तलेखन, उद्घोषण तालिम लगायत अन्य विभिन्न तालिम प्रशिक्षण सञ्चालन गरियो भने विद्यालयमा विद्यालयको इतिहास लिपिबद्ध गर्न एकनारायण वासु श्रेष्ठको नेतृत्वमा इतिहास खोज्ने र लिपिबद्ध गर्दै स्मारिका, वृत्तचित्र निर्माण गर्न प्र.अ. इन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा एकनारायण वासु श्रेष्ठ र प्रशान्त थापा मगर सहितको तीन सदस्यीय समिति गठन गरिएको छ । विद्यालयको वार्षिक उत्सव मनाउने चलन थिइन । म पहिलो पटक अध्यक्ष र जीवन नेपाल प्र.अ. भएको समयमा ५७ औं वार्षिक उत्सव तात्कालिन संघीय माननीय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । र यो पटक पहिलो चोटि शिक्षा मन्त्रीको उपस्थितिमा मिति २०८०/११/१७ गते ६२ औं वार्षिक उत्सव र भवन उद्घाटन प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईबाट सम्पन्न गरियो । सोहि अवसरमा विद्यालयको गीत विमोचन गरियो भने विद्यालयलाई जिल्ला र राष्ट्रमा चिनाउने काम भयो । यस कार्यत्रफ्म सपफ्ल बनाउन विद्यालय परिवार, अभिभावक, स्थानीय वासी, राजनीतिक दल, पूर्व विद्यार्थीलगायत स्थानीय सरकारको महत्वपूर्ण भूमिका रह्यो । यस कार्यत्रफ्ममा सहयोगी मनहरुले ठुलो मात्रामा आर्थिक सहयोग गर्नु भएको छ । इतिहासमा नै पहिलो पटक यस विद्यालयमा यति धेरै आर्थिक सहयोग जुटेको हो र अहिले पनि सहयोग जुट्ने त्रफ्म निरन्तर रहेको छ । भविष्यमा ५०,००,०००। रकम जुटाउने लक्ष्य राखिएको छ । बच्चा पढाउने बहानामा गाउँ छाडि शहर जानेहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरि गाउँ पर्फ्काइने छ । अहिले कालिका मा.वि. मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्न कक्षा नर्सरीदेखि कक्षा २ सम्म सुरु गरिएको छ, यसलाई प्रत्येक शैक्षिकसत्रमा कक्षा बढाइदै लगिने छ । साथै विद्यालयमा संगीत कक्षा, खेलकुद र अन्य अतिरित्तफ् त्रिफ्याकलापहरु नियमित सञ्चालन गरिने छ । मेरो नेतृत्वमा ५ वर्षे कार्य योजना निर्माण गरी लागू गरिएको छ । विद्यालयलाई जिल्लाकै नमूना बनाउन शिक्षालाई सीपमा, सीपलाई रोजगारमा जोड्ने हाम्रो चाहाना भन्ने नारालाई सार्थक बनाउन घरेलु र सीप विकास कार्यालय र अन्य संस्थासँग समन्वय गरी विद्यालयमा सीप सिकाइने छ भने कक्षा ११/१२ का विद्यार्थीलाई शिक्षक सेवा आयोगको तयारी गराउने लक्ष्य छ । एस.एल.सी./एस.इ.इ. पछि पढाइ छाडेर विदेश पलायन हुने जनशक्तिलाई नेपाली माटोमा नै रोजगारीको लागि दक्ष जनशक्ति उत्पादन गरि नेपालमै रहन प्रोत्साहन गर्ने र वातावरण सिर्जना गर्नका लागि म सम्पूर्ण देश विदेशमा रहनु भएका महानुभावहरुलाई सहि सल्लाह सुभफव र सकेको आर्थिक सहयोग, नैतिक, भौतिक लगायत सम्पूर्ण सहयोग गरिदिनु हुन आर्दिक अपिल गर्दछु ।

First Principal