Hero background

Message From Principal

इन्द्र प्रसाद लुइटेल

वि.सं. २०१८ सालमा तात्कालीन सिस्नेरी गाउँ पञ्चायतका अगुवा व्यक्तित्वहरुको पहलकदमीमा सिस्नेरी भन्ज्याङलाई केन्द्रबिन्दु बनाइ यसका आसपासमा रहेका तात्कालीन गाउँ पञ्चायतहरु बलखु, मुलखर्क, पफ्देिगुठ, माधवपुर समेतको सेवा क्षेत्र हुने गरी यस श्री कालिका मा.वि. सिस्नेरीको स्थापना भएको देखिन्छ । वि.सं. २०१८/१२/२३ बाट औपचारिक तवरले तात्कालीन प्राथमिक विद्यालयको रुपमा स्थापित यो विद्यालय मिति २०३२/०८/०७ बाट नि.मा.वि., वि.सं. २०४५ बाट मा.वि., २०६४/०३/०८ बाट साविक उमावि हुँदै हाल कक्षा ईसिडिदेखि कक्षा १२ सम्म सञ्चालित माध्यमिक विद्यालयको रुपमा स्थापित छ । २०७५ सालसम्म साधारण धारतपफर्् मात्र पठनपाठन हुँदै आएको यस विद्यालयले २०७६ सालबाट प्राविधिक धार सिभिल इन्जिनियरिङ अन्तर्गत कक्षा ९–१२ सञ्चालन गर्दै आएको छ ।

विद्यालय सञ्चालनका त्रफ्ममा विभिन्न उतार–चढाव र आरोह–अवरोह पार गर्दै आजको स्थितिसम्म आइपुगेको यस विद्यालयले हजारौँ शिक्षार्थीहरुलाई शिक्षाको उज्यालो प्रकाश छर्दै आइरहेको छ । स्थापना कालदेखि आजसम्म करिब ६३ वर्ष पार गरिसकेको यस संस्थाले आफ्ना थुप्रै शिक्षार्थीहरुलाई दक्ष जनशक्तिका रुपमा उत्पादन गरिरहेको छ । २०४८ सालबाट प्रथम पटक तात्कालीन एस.एल.सी. परीक्षा पहिलो ब्याजको रुपमा दिलाएको यस विद्यालयबाट उत्पादित जनशक्तिहरु हाल देश तथा विदेशका विभिन्न ठाउँमा पुगेका छन् । ग्रामीण क्षेत्रमा अवस्थित यस विद्यालयमा मिश्रित समुदायका बालबालिकाले शिक्षा लिईरहेका छन् । विद्यालय र समुदायबिच आपसी समभफ्दारी, समन्वय र एक आपसमा अपनत्वको भाव रहेको यहाँको समुदायलाई ग्रामीण क्षेत्रको अग्रगामी सोच भएको समुदायको प्रारुप मान्ने कुरालाई नकार्न सकिँदैन ।

विद्यालय स्थापना कालमा खरको छाप्रोबाट पठन–पाठन सुरुवात गरिएको यस विद्यालयमा वि.सं. २०४५ सालको भूकम्पपश्चात् जस्ताको छाना भएको ट्रस भवन उपलब्ध भई पठन–पाठन हुँदै आएकोमा हाल २०७२ सालको भूकम्पबाट उक्त ट्रस भवनहरुका क्षति भएपछि एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा नेपाल सरकार, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्घारा २ ओटा आधुनिक र भूकम्प प्रतिरोधी भवन (जम्मा २४ कोठे) निर्माण भएको छ । भौतिक संरचनाका हिसाबले मजबुत बनिसकेको यस विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, केही कक्षाकोठामा स्मार्ट बोर्ड, सबै कक्षाकोठा र विद्यालयको बाहिरी भागमा चारैतिर सिसि क्यामेरा, कक्षाकोठामा माइक (Speaker), नेटवर्किङ, आधुनिक शौचालय (महिला, पुरुष र अपाङ्गका लागि छुट्टाछुट्टै), खानेपानी आदिको समुचित प्रबन्ध छ।

विद्यालय भौतिक सुविधाको हिसाबले मात्र सम्पन्न भएर हुदैन यसले गुणस्तरीय शिक्षा प्रवाह गर्नु प्रधान कुरा हो । अनुशासन (Discipline), सरसपफइ (Sanitation) र अध्ययन (Study) यी तिन मूल मन्त्रलाई आत्मासात् गरी हामीले हाम्रो शैक्षिक गतिविधिलाई अगाडि बढाउनु विद्यालयको अबको मुख्य रणनीति रहने छ । पठन–पाठनका साथमा विद्यालयमा अतिरिक्त त्रिफ्याकलाप, सहकार्यकलाप लगायतलाई विशेष महत्व दिई अबका दिनमा विद्यार्थीहरुको ज्ञानको दायरालाई पफ्राकिलो बनाउन उनीहरुलाई पाठ्यत्रफ्मले निर्दिष्ट गरेको पाठ्यपुस्तकीय ज्ञानमा मात्र सीमित राखिने छैन । अन्त्यमा, सबैको साथ सहयोग र सकारात्मक सोचको अपेक्षासहित यस विद्यालयको उज्जवल भविष्यको कामना गर्दछु । धन्यवाद !

First Principal